सरिता गिरीलाई उनकै पार्टीले बर्सायो डण्डा

बुधबार, २८ जेष्ठ २०७७

काठमाडौं – जनता समाजवादी पार्टीकी सांसद सरिता गिरीलाई शंकट आइलागेको छ । उनले संसदमा दर्ता गरेको संविधान संशोधनको प्रस्ताव फिर्ता लिन दवाव परेपछि उनलाई शंकट आइलागेको हो ।

माइती देशको निर्देशन बमोजिक नेपालको नयाँ नक्साको विपक्षमा संशोधन प्रस्ताव दर्ता गराएकी उनलाई उनकै पार्टीले संविधान संशोधन प्रस्ताव फिर्ता लिन निर्देशन दिएको छ । बुधबार पार्टीका प्रमुख सचेतक उमाशंकर अरगरियाले विज्ञप्ति जारी गर्दै गिरीलाई संशोधन प्रस्ताव फिर्ता लिन निर्देशन दिएका हुन् ।

पार्टीले सो प्रस्ताव फिर्ता नलिए कारबाही गर्ने चेतावनीसमेत दिएको छ । बुधबार संसदमा रहेको संविधान संशोधन प्रस्तावलाई खारेज गर्न माग गर्दै अर्को संशोधन प्रस्ताव संसदमा दर्ता गराएकी थिइन् । उनको सो प्रस्तावको तीव्र विरोध भइरहेको बेलामा पार्टीले भने यस्तो चेतावनी दिएको हो ।

मंगलबार मात्रै संविधान संशोधनसम्बन्धी विषयमा सबै दलले सैद्धान्तिक सहमती जनाएका थिए । तर गिरीले भने एकल रुपमा संशोधन प्रस्ताव दर्ता गराएकी थिइन् ।