ट्रिपर दुर्घटना अपडेट, थप एक जनाको मृत्यु
काठमाडौं – ट्रिपर दुर्घटनामा परी घाइते भएकी थप एक महिलाको मृत्यु भएको छ । बुधबार कालिकोटको लालिघाटमा भएको टिपर दुर्घटना परि गम्भिर घाईते भएकी निस्पता सार्कीको उपचारका क्रममा मृत्यु भएको हो ।
गम्भीर घाइते उनको उपचारका क्रममा काठमाडौंको किष्ट अस्पतालमा मृत्यु भएको हो । उनी सहित २ जनालाई सुर्खेतमा उपचार सम्भव नभएपछि हेलिकप्टरमार्फत काठमाण्डौँ ल्याइएको थियो ।
उनीसँगै दुर्घटनामा परि मृत्यु हुनेको संख्या ३ पुगेको छ भने २ जना अझैँ व्यपत्ता छन । गम्भीर घाइते मिन सार्कीको काठमाडौंमा उपचार भइरहेको छ ।