कोरोना विरुद्धको खोप तयारी अवस्थामा, कहिलेबाट हुन्छ प्रयोग ?

शुक्रबार, ३० जेष्ठ २०७७

काठमाडौं – अमेरिकाले कोरोना विरुद्धको खोप तयारी अवस्थामा भएको जनाएको छ । औषधि उत्पादक कम्पनी मोदेर्नाले तयार गरेको उक्त औषधि प्रयोगका लागि अनुमतिको प्रतिक्षामा रहेको बैज्ञानिकहरुले बताएका छन ।

उक्त कम्पनीले बुहुप्रतिक्षित कोरोना भाइरसविरुद्धको खोप बिस्तारित चरणमा परीक्षण गर्ने तयारीमा रहेको र त्यसका लागि ३० हजार विरामीमा लागु गरिने बताएका छन ।

मोदेर्नाले कोरोना भाइरसविरुद्धको खोप आउदो जुलाईदेखि बजारमा पठाउने गरी तयारीमा जुटेको बताएको छ । यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा कोरोना विरुद्धको म्याक्सिन तयारी अवस्थामा रहेको बताएका थिए ।