सैनिक अस्पतालमा गोली चल्यो, १ जनाको मृत्यु
काठमाडौं – स्वयम्भुस्थित छाउनीमा रहेको वीरेन्द्र सैनिक अस्पतालमा गोली चलेको छ । अस्तालमा कार्यरत एक सैनिकले आफैलाई गोली चलाएर आत्महत्या गरेका छन ।
बैतडीको सुर्मा गाउँपालिका–५ घर भएका डम्बर बहादुर विष्टले गोली चलाएर आत्महत्या गरेका हुन् । छाउनी अस्पतालका कार्यरत एक अधिकृतका अनुसार छाउनी अस्पतालमा ‘मेडिकल कोर्स’ गरिरहेका बिष्टले गएराति पौने १२ बजे ड्युटीमा बसेको बेला आत्महत्या गरेका हुन् ।
आफ्नो साथमा रहेको एसएलआर चलाएर बिष्टले आफ्नो छातिमा एक राउण्ड गोली हानेका थिए । गोली लागेर भुँइमा ढलेका बिष्टको घटनास्थलमै मृत्यु भएको हो ।
बिष्टको दरबन्दी दुर्गाबक्स गण नारायणहिटी हो ।