एकैदिन थपिए ४ सय ४८ कोरोना संक्रमित
काठमाडौं – शुक्रबार एकै दिन ४ सय ४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितको संख्या ५ हजार नाघेको छ ।
शुक्रबार पुष्टि भएको कोरोना संक्रमितको संख्या नेपालमा २४ घण्टाभित्र देखिएको सबैभन्दा बढी हो ।
हालसम्म ८ सय ७७ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । जसमा ७ सय ८६ जना पुरुष र ९१ जना महिला छन् ।
प्रतिकृया दिनुहोस
प्रेरक प्रसंग
युवा उद्दमी
सफलताको कथा