युवाहरुको आन्दोलनबाट ५ जना पक्राउ

शनिबार, ३१ जेष्ठ २०७७

काठमाडौं – माइतिघरमा सुरु भएको युवाहरुको आन्दोलनबाट प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । सरकार विराधी प्रदर्शनमा सहभागि भएका ५ जना शंकास्पद युवाहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीहरु मध्ये २ जना विदेशी रहेको प्रहरी श्रोतको भनाई छ । सरकार कोरोना नियन्त्रणमा असफल भएको भन्दै विगत केही दिनदेखि सरकार विराधी प्रदर्शन भइरहेको छ ।