युवाहरुको आन्दोलनमा भारतको घुसपैठ, ३ जना विदेशी पक्राउ

शनिबार, ३१ जेष्ठ २०७७

काठमाडौं – माइतिघर मण्डलामा युवाहरुले सरकार विराधी पर्दशन गरिरहेका छन । कोरोना रोकथाम तथा नियन्त्रणमा सरकार असफल भएको भन्दै युवाहरु सडकमा आएका हुन ।

उक्त प्रर्दशनमा भारतको घुसपैठ भएको पाइएको छ । विदेशीहरुको घुसपैठ हुनसक्ने प्रहरीको विशेष व्युरोले दिएको जानकारी अनुसार अनुसन्धान गर्दा ३ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

‘हामीले तीन जना विदेशीलाई नियन्त्रणमा लिएका छौं। उनीहरुले आन्दोलनलाई भड्काउने बुझिएको छ,’ महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी श्याम ज्ञवालीले भने।

आज नै प्रतिनिधिसभामा कालपानी, लिम्पियाधुरा, लिपुलेग समेटिएर बनाएको नेपालको नयाँ नक्सा सम्वन्धि संशोधन विधेक पारित हुँदैछ। दिउँसो १ बजेसम्म बैठकमा संशोधन विधेक पारित हुने कार्यक्रम रहेको छ। संशोधको विरुद्धमा रहेका केही समूहले आन्दोलनलाई भड्काउने र चर्काउन सक्ने प्रहरीसँग सूचना आएको थियो ।

आज काठमाडौंको माइतीघर मण्डलामा विरोधमा जारी छ। आजको प्रर्दशनमा धेरै मानिसको सहभागिता हुने भन्दै सुरक्षा कडा पारिएको छ ।