३ सय ८० जना कोरोना संक्रमित थपिए

मंगलबार, २ असार २०७७

काठमाडौं – पछिल्लो २४ घण्टामा ‍‍३ सय ८० जना कोरोनाका संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार यीसहित हालसम्म कुल संक्रमितको संख्या ६ हजार ५ सय ९१ पुगेको छ। यीमध्ये ६ हजार ९२ पुरुष र ४ सय ९९ महिला छन्।

उनका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार ५५ जनाको पिसिआर परीक्षण भएको छ।