जनता ठग्दै अमेरिकन बीमा कम्पनी मेट लाइफ, ठगीएका व्यक्तिले भने, ‘सत्रुले पनि बीमा नगरोस’
काठमाडौं – अमेरिकन जीवन बीमा कम्पनी मेट लाइफ इन्सरेन्सले जनता ठग्ने गरेको खुलासा भएको छ । पाल्पा रामपुरका सागर अधिकारी (नाम परिवर्तन) आजभन्दा १६ बर्ष अघि तत्कालिन अमेरिकन जीवन बीमा कम्पनी (एलिक) मार्फत जीवन बीमा गरेर आफू ठगिएको बताएका छन ।
सन् २००४ मा १ लाखको १५ बर्ष अवधिका लागि बीमा गरेका थिए । उनले बीमा अवधि समाप्त भएको १५ बर्षपछि पैसा फिर्ता माग्दा ठगीएको बताएका छन । अमेरिकन बीमा कम्पनी मेट लाइफमा बीमा गर्दा एक बर्षको ८ हजार २ सय ४५ रुपैयाँ किस्ता तिरेका अधिकारीले १५ बर्षसम्म १ लाख २६ हजार रुपैयाँ कम्पनीलाई बुझाएका थिए । उनले बीमा अवधि पुरा भएर आफ्नो बीमा र बोनस सहितको रकम फिर्ता माग्दा कम्पनीले ठगेको मोटिभेट न्यूज डटकमलाई बताएका छन ।
ऋधिकारीलाई १५ बर्षको अवधि पछि बीमाङ्क रकम र बोनससहित जम्मा १ लाख ५२ हजार रुपैयाँ मात्र फिर्ता दिएर ठगेको उनको भनाई छ । कम्पनीले बीमा गर्दा डबल हुन्छ भनेर प्रलोभनमा पार्दै बीमा गराएको र पछि डवल त के आफ्नो साँवा पनि गुम्ने खतरा भएको उनको भनाई छ ।
१५ बर्षसम्म १ लाख २६ हजार बुझाएका उनले १५ बर्ष समाप्त भइसकेपछि त्यसमा जम्मा २६ हजार थपेर कम्पनीले रकम फिर्ता गरेको उनको भनाई छ । अधिकारीले कम्पनीका अभिकर्ताले बीमाङ्क रकमको दोब्बर हुन्छ भन्दै बीमा गर्न लगाएर फसाएको बताए । अहिले बीमा कम्पनी र अभिकर्ता कोही पनि आफ्ना सम्पर्कमा नरहेको अधिकारीको भनाई छ ।
मोटिभेट न्यूज डटकमसँग कुरा गर्दै अधिकारीले भने, ‘मैले बीमा गर्ने वेलामा एक तोला सुनको मुल्य ८ हजार २ सय थियो । यदी त्यो समयमा सुन मात्र किनेको भए मसँग लाखौं रुपैयाँ हुन्थ्यो । बीमा गरेर ठुलो गल्ती गरेको रहेछु ।’
मेट लाइफमा बीमा गरेकोमा पछुत्तो मान्दै आइन्दा बीमा गर्ने त के बीमाको नाम पनि सुन्दा एलर्जी हुने गरेको उनको भनाई छ । उनी जीवन बीमा फाइदाका लागि नभई जीवन रक्षाका लागि मात्र रहेको बताउँदै बीमा गर्न भन्दा अनेत्र लगानी गर्नु सयौं गुणा फाइदा जनक रहेको उनको भनाई छ । उनले भने, ‘स्वास्थ्य बीमा गर्नु लाभदायी भए पनि जीवन बीमा गर्नु जानी जानी फस्नु सरह हो । बीमा गरेर फस्ने चेष्टा नगरौं ।’
के भन्छ कम्पनी ?
कम्पनीले अधिकारीको बीमा पोलिसीका बारेमा अनुसन्धान गर्ने जनाएको छ । मोटिभेट न्यूज डटकमसँंग कुरा गर्दै कम्पनीका सूचना अधिकारी राम कुमार यादवले यसका बारेमा कम्पनीका असिस्टेन म्यानेजर अंकित बहादुर राजभण्डारीले राम्रोसँग अनुसन्धान गरि जानकारी दिने बताए ।
हामीले कम्पनीका असिस्टेन म्यानेजर राज भण्डारीसँग कुरा गर्दा पहिला कम्पनीको बोनस रेट कम भएकाले थोरै प्रतिफल पाएको हुनसक्ने बताए । उनले भने, ‘बिबिध कारणले एलिको नेपाल समस्या ग्रस्त भएकाले बोनस दर घटेको थियो । त्यही भएर उहाँले थोरै प्रतिफल पाउनु भएको हुनसक्छ ।’
एलिकोले परिचित उक्त कम्पनी २०१० मा गएर मेट लाइफ इन्सुरेन्सका नाममा परिणत भएको थियो । अमेरिकाको उक्त कम्पनीले एसियामा मेट लाइफ इन्सुरेन्स कम्पनीको नामबाट व्यापार गर्ने योजना ल्याएपछि नेपालमा पनि मेट लाइफबाट अहिले कारोबार गरिरहेको छ ।
मोटिभेट न्यूज डटकम सँग कुरा गर्दै राजभण्डारीले तत्कालिन अवस्थामा कम्पनीको बोनस दर २५ रुपैयाँसम्म झरेकाले समस्या उत्पन्न भएको बताए । अहिले उक्त समस्या समाधान भएर कम्पनीको बोनस दर ६५ रुपैयाँदेखि ८५ रुपैयाँ प्रतिहजार सम्म पुगेको उनको भनाई छ ।
कति छ अहिले कम्पनीको बोनस ?
मेट लाईफ इन्स्योरेन्स कम्पनीले पछिल्लो पटक सार्वजनिक गरेको बोनस दर ६५ रुपैयाँ देखि ८५ सम्म रहेको कम्पनीले जनाएको छ । बीमा अवधि २१ बर्ष भन्दा माथि भएका बीमा योजनाका लागि कम्पनीले ८५ रुपैयाँ बोनस कायम गरेको छ ।
कम्पनीले ५ देखि १५ वर्षसम्मको सावधिक जीवन बीमालेखमा प्रतिहजार ६५ रुपैयाँ, १६ देखि २० वर्षसम्म ७०, २५ वा सोभन्दा माथि प्रतिहजार ८० रुपैयाँ बोनस दर तोकेको छ ।
मेट लाइफका अरु पनि थुप्रै कर्तुतहरु फेला परेका । निरन्तर प्रकाशन गर्दै जानेछौं प्रतिक्षा गर्नुहोला ।