आन्तरिक प्रेरणा सबैभन्दा शक्तिशाली हतियार हो, कसरी प्राप्त गर्ने आन्तरिक प्रेरणा ?

मंगलबार, १६ असार २०७७

काठमाडौं – आन्तरिक प्रेरणा संसारको शक्तिशाली हतियार हो । जब मान्छे आन्तरिक रुपमा प्रेरित भएर काम गर्न थाल्छ, तब उ कहिल्यौ पराजित हुन पर्दैन ।

एक पटक अन्तरविद्यालय स्तरिय फुटबल प्रतियोगिताको आयाजना गरियो । उक्त प्रतियोगितामा चर्चित खेलाडीहरुको पनि सहभागिता रहेको थियो । उक्त प्रतियोगिता सबैको केन्द्रमा थियो । खेल सुरु भयो । एउटा विद्यालयले लगातार खेल जित्न थाल्यो । खेल सुरु भएको चौथो दिनमा फाइन खेल हुँदै थियो । त्यहीबीचमा विद्यालयको सबैभन्दा कमजोर खेलाडी खेल मैदानमा आयो । ४ दिनसम्म हराएको खेलाडी एकाएक खेल मैदानमा देखा परेपछि प्रशिक्षक चकित परे ।

पहिला प्रशिक्षण गर्न आउँदा बुवासँगै आउँथ्यो । उसको बुवा खेलमैदा भन्दा केही पर उसलाई कुरेर बसेका हुन्थे । तर उसले प्रशिणको क्रममा कहिल्यौ राम्रो खेल्थेन । उ संधै जगेडा खेलाडीको रुपमा रहन्थ्यो । टोलीमा कहिल्यौं पर्दैनथ्यो । खेलमैदानमा आएर प्रशिक्षकसँग अनुनय विनय गर्यो । रोयो करायो । प्रशिक्षकसँग उसले भन्यो, ‘गुरु, तपाईले मलाई कहिल्यौ पनि टिममा सामेल गर्नुभएन । जहिले पनि जगेडा खेलाडीका रुपमा राख्नु भयो । कृपया आज मलाई खेल्न दिनुहोस् ।’

प्रशिक्षकले रिसाउँदै भने, ‘माफ गर भाई, म तिमीलाई खेलाउन सक्दिन । टिममा तिमी भन्दा राम्रो खेलाडीहरु छन । र त्यो पनि आज फाइनल खेल हो । सिङ्गो विद्यालयको नाम दाउमा छ । तिम्रो लागि म जोखिम उठाउन सक्दिन ।’ केटोले खुट्टामा परेरै प्रशिक्षकसँग अनुनय विनय गर्यो । उसले भन्यो, ‘कृपया मलाई एउटा मौका दिनुहोस्, म बाचा गर्छु तपाईलाई निराश पार्ने छैन ।’

त्यो केटाले. कहिल्यौ पनि प्रशिक्षकसँग त्यसरी खेल्न पाउँ भनेर आग्रह गरेको थिएन । प्रशिक्षकको मन पग्लियो । उनले भने, ‘अहिले तिमी तयारी अवस्थामा बस । दोश्रो हाफको बिचमा म मिमीलाई मैदानमा पठाउँछु । तर याद राख म आफ्नो सहि निर्णयबाट विमुख भएर तिमीलाई मौका दिइरहेको छु । सिङ्गो विद्यालयको नाम दाउमा राखेर तिमीलाई खेलाउँदै छु । मलाई निराश पार्ने काम नगर ।’

खेल सुरु भयो । दुबै टिमबीचमा कडा प्रतिशपर्धा भयो । पहिलो हाफमा दुबै टिमको बराबरी खेले । दोश्रो हाफ सुरु भयो । विपक्षी टिमले अर्को गोल गर्यो । खेल २–१ मा गयो । त्यही मौकामा प्रशिक्षकले त्यो केटालाई मैदानमा पठाए ।

त्यो कुरा देखेर स्कुलमा सबै चकित भए । प्रधानाध्यापकले त प्रशिक्षक पालग भयो की क्या हो भन्न भ्याए । जब उ मैदानमा गयो । मैदानमा उ ज्यान दिएर खेल्न थाल्यो । पहिलो पटक उसको पोल्टामा बल आयो । त्यो बललाई उनले मैदानमा प्रवेश गरेको केही मिनेटमै गोलमा परिणत गरे ।

प्रत्यक पटक जब उनले बल पाए तब गोल गर्न सफल भए । उनी त्यसदिनको आक्रषणको केन्द्र बने । उनको टिमले खेल जित्यो ।

खेल सकिएपछि प्रशिक्षक उ भएको ठाउँमा गए र भने, ‘के हो केटो, म अहिलेसम्म कसरी गलत भएँ ? तिमीले यति राम्रो कसरी खेल्न सक्यौ ? केटोले उत्तर दियो, ‘किनकी आज मेरो बुवाले खेल हेरिरहनु भएको थियो । प्रशिक्षकले केटाको बुवा बस्ने ठाउँतिर हेदै भने, ‘खै त तिम्रो बुवा, मैले देखिन नी ?’

केटोले भन्यो, ‘मैले आजसम्म तपाईँलाई मेरो बुवा दृष्टिविहिन हुनुहुन्छ भन्ने कुरा बताइन । चार दिनअघि उहाँ वित्नुभयो । उहाँले मेरो खेल हेरिरहेको आज पहिलो दिन हो । स्वर्गबाट मलाई हेरिरहनु भएको थियो ।’ प्रशिक्षकले गहभरी आँशु पार्दै केटालाई सम्झाए । उसले त्यही दिनदेखि नयाँ जीवनको सुरुवात गर्यो ।

तसर्थ, आन्तरिक प्रेरणा भित्रबाट आउने गर्दछ । आत्मागौरव, केही हासिल गर्ने भावना, जिम्मेवारी तथा विश्वासले आन्तरिक प्रेरणाको विकास हुन्छ । त्यो केटोजस्तै ।