सफलताको रहस्य

आइतबार, २१ असार २०७७

काठमाडौं – एउटा युवक केटोले सुकरातलाई सफलताको रहस्यका बारेमा सोध्यो । उनले उसलाई भोलिपल्ट बिहान खोलाको किनारमा भेट्न अह्राय । भोलिपल्ट उनीहरुको भेट भयो । सुकरातले त्यो युवकलाई आफूसँगै खोलामा हिड्न भने ।

जब पानी उनीहरुको घाँटीमा पुग्यो त्यतिवेलै सुकरातले त्यो केटालाई पक्रिएर पानीमा चुुर्लुम्मै डुबाइदिए । उसले बाहिर निक्लिन संघर्ष गर्यो तर सुकरातले दह्रो पक्रिएर आउन दिएनन् । जब त्यो केटा नीलो हुन थाल्यो, सुकरातले उनको टाउँको बाहिर निकालिदिए । त्यसपछि सबैभन्दा पहिला उसले गहिरो सास लियो ।

सुकरातले उसलाई सोधे, ‘पानीभित्र हुँदा सबैभन्दा धेरै के चाहान्थ्यौ ?’ केटोले भन्यो, ‘सास फेर्न चाहान्थेँ ।’ ‘त्यही नै सफलताको रहस्य हो । जब तिमी पानीभित्र हुँदा सास चाहे जस्तै सफलताको पनि चाहना राख्छौ भने तिमी अवस्य सफल हुनेछौ ।’ सुकरातले भने, ‘त्यो भन्दा अर्को कुनै सफलताको रहस्य छ्रैन ।’

प्रत्यक उपलब्धीको पछाडी गहिरो इच्छा रहेको हुन्छ । जसरी सानो आगोले तातो दिन सक्दैन त्यसैगरी सानो इच्छाले ठूलो परिणाम ल्याउन सक्दैन ।