चितवन पुगेर प्रचण्डले खोले पोल, दिल्लीमा खैलावैला
चितवन – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी फुटाउन भारतले चलखेले गरेको बताएका छन ।
अध्यक्ष प्रचण्डले शनिबार भरतपुर महानगरपालिका र माडी नगरपालिकाभित्र बाढी प्रभावित विभिन्न स्थानहरूको अवलोकन पश्चात माडीमा आयोजित भेटघाट कार्यक्रममा कोरोनाको परिवेश देखाएर भारतले पार्टी फुटाउन खोजेको आरोप लगाए ।
उनले भारतीय गुप्तचर संस्था ‘र’ तीर लक्षित गर्दै केही तत्व पार्टी ध्वस्त बनाउन लागि परेको खुखासा गरे । उनले भने, ‘केही तत्व कहिले मलाई र कहिले प्रधानमन्त्री ओलीलाई उचाल्न सक्रिय छन्, तर हामी सधैं एक छौं ।’
उनले अगाडी भने, ‘एकतालाई जोगाउन सतर्कतापूर्वक संघर्ष गरिरहेको छु र पार्टी नफुटोस् भन्नेमा प्रधानमन्त्री र म सचेट छौं ।’ प्रचण्डले कार्यकर्ताहरुलाई पार्टी फुटिहाले जस्तो गरेर आरोप प्रत्यारोपमा नउत्री एकढिक्का हुन आग्रहसमेत गरेका थिए ।
त्यस्तै, प्रचण्डले पनि भारतले पार्टी फुटाउन खोजेको आरोप लगाएपछि भारतको राजधानी नयाँ दिल्लीमा खैलावैला मच्चीएको छ । भारतका कुटनीतिक तथा राजनीतिक क्षेत्रका व्यक्तिहरुले प्रचण्डको अभिव्यक्तिले भारतको सोच्न बाध्य पारेको प्रतिक्रिया दिएका छन ।