प्रेरक प्रसंग : सफल व्यक्तिहरु बहाना बनाउँदैनन्
काठमाडौं – बाँदर शिकारीहरु बाँदर पक्रन बाकसको प्रयोग गर्छन । त्यो बाकसको माथिल्लो भाग बाँदरको हात छिर्ने गरी खुल्ला गरिएको हुन्छ । बाकसभित्र बदामहरु राखिएको हुन्छ । बाँदर बदाम खान हात हाल्छ । उसको हत्केला बदामले गर्दा मुठो बन्दछ । उसले जति कोसिस गरेपनि आफ्नो हात निकाल्न सक्दैन । प्वाल उसको खुल्ला हात छिर्ने तर मुठ्ठी छिर्न नसक्ने हुन्छ ।
अब बाँदरलाई दुई ओटा मौका प्राप्त हुन्छ । बदाम छोडेर संधैभरीलाई स्वतन्त्र हुनेकी बदाम पक्रिरहेर सिकारीको पक्राउ पर्ने । अनुमान गर्नहोस् बाँदरले कुन मौका छनोट गर्दछ ?
तपाईँले ठिक अनुमान लगाउनु भयो हो । उ बदामको लोभले गर्दा पक्राउ पर्छ । हामी पनि बाँदर भन्दा फरक छैनौं । हामीपनि कुनैवेलामा फसिरहन्छौं र जीवनमा अगी बढ्न असमर्थ हुन्छौं ।
हामी अघि बढ्न नसकेकोमा बहाना बनाउँछौं, ‘म त्यो गर्न सक्दैन किनभने,……।’ किनभने पछि आउने जे पनि हामीले पक्रिरहेको बदाम हो, जसले हामीलाई अगी बढ्नबाट रोकिरहेको हुन्छ
सफल व्यक्तिहरु बहाना बनाउँदैनन् । असफलताका लागि राम्रो सल्लाह पनि यही, ‘नसोच्नुहोस्, नसोध्नुहोस् र नसुन्नुहोस् मात्रै बहाना बनाई राख्नुहोस् ।’