एक बर्षको घरभाडा छुट गर्न फेकनको माग (विज्ञप्ति सहित)
काठमाडौं – स्वतन्त्र शैक्षिक परामर्श संघ (फेकन)ले एक बर्षको घरभाडामा ५० प्रतिशत छुट दिन घरवेटीसँग माग गरेको छ । फेकनले कोरोना महामारी पश्चात परामर्श व्यवसायमा परेको प्रभाबका कारण व्यवसायनै बन्द गर्न परेको भन्दै घरभाडा छुट दिएर व्यवसाय बचाईदिनुहुन घरवेटीसँग अनुरोध गरेको छ ।
सोमबार एक विज्ञप्ति जारी गर्दै फेकनले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि विश्वभर भइरहेको प्रयास र नेपालमा पनि भएको केही महिनादेखिको लकडाउनका कारण धेरै व्यवसायीहरुले घरभाडा तिर्न नसकी व्यवसाय बन्द गरेर हिडेको उल्लेख छ । विज्ञप्तिमा भनिएको, ‘अझैँ असहज परिस्थिति कायम रहे घरभाडा तिर्न नसकेर धेरै व्यवसायी बन्द हुने निश्चित छ । सेवा मूलक यो व्यवसायलाई बचाउनका लागि सहयोग गरिदिन घरवेटीलाई अनुरोध छ ।’
फेकनका अध्यक्ष युवराज कटुवालद्वारा जारी विज्ञप्तिमा कन्सल्टेन्सी क्षेत्र सेवामुलक व्ययवसाय भएकाले सरकारले पनि संकटग्रत व्यवसायको रुपमा घोषणा गरी राहतको प्याकेज ल्याउन जोडदार माग गरिएको छ ।


