आज डलरको भाउ घट्यो, कतिमा भइरहेको छ काराबार ?

मंगलबार, ३० असार २०७७

काठमाडौं – आज अमेरिकी डलरको भाउ घटेको छ । नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले दिएको जानकारी अनुसार दुई पैसा घटेको हो ।

आज मंगलबार नेपाली बजारमा अमेरिकी डलर १ को खरिददर १२० रुपैयाँ १ पैसा र बिक्रिदर १२० रुपैयाँ ६१ पैसा कायम भएको छ । हिजो अमेरिकी डलक १ को खरिददर १ सय २० रुपैयाँ ३ पैसा थियो भने, विक्रिदर एक सय २० रुपैया ६३ पैसामा थियो ।

त्यस्तै युरो १ को खरिददर १३५ रुपैयाँ ९७ पैसा र विक्रिदर १३६ रुपैयाँ ६५ पैसा रहेको छ भने युके पाउण्ड १ को खरिददर १५१ रुपैयाँ २५ पैसा र बिक्रिदर १५२ रुपैयाँ ०१ पैसा रहेको छ ।

त्यस्तै कतारी रियाल १ को खरिददर ३२ रुपैया ९६ पैसा र विक्रिदर ३३ रुपैयाँ १३ पैसा रहेको छ । साउदी रियाल १ को खरिददर ३२ रुपैया र विक्रिदर ३२ रुपैयाँ १६ पैसा रहेको छ भने युएई दिरहाम १ को खरिददर ३२ रुपैयाँ ६७ पैसा र बिक्रिदर ३२ रुपैयाँ ८४ पैसा रहेको छ ।

बहराइन डिनार १ को खरिददर ३१८ रुपैया २९ पैसा र विक्रिदर ३१९ रुपैयाँ ८८ पैसा रहेको छ ।

कुवेती डिनार १ को खरिददर ३९० रुपैया ०३ पैसा र विक्रिदर ३९१ रुपैयाँ ९८ पैसा रहेको छ । साथै मलेसियन रिंगेट १ को खरिददर २८ रुपैया १४ पैसा र विक्रिदर २८ रुपैयाँ २८ पैसा रहेको छ ।