जेनेभाको एक बैंकमा प्रधानमन्त्री ओलीको अबैध सम्पती भेटियो
काठमाडौं – नेपालका प्रधानमन्त्री केपी शर्मा ओली अबैध सम्पती भेटिएको चीनको चर्चित पत्रिकाले लेखेको छ । ओलीको जेनेभा स्थित मिराबौड बैंकमा अबैध सम्पती रहेको चीनको पत्रिका ग्लोबल वाच एनालाइसीसले लेखेको छ ।
पछिल्ला केहि वर्षयता प्रधानमन्त्री ओलीको व्यक्तिगत सम्पत्ति कयौं गुणा बढेको उक्त पत्रिकाले लेखेको छ । जेनेभा स्थित मिराबौड बैंकमा ओलीको खाता रहेको कुरा उसले प्रमाणसहित प्रस्ट पारेको छ । उक्त बैंक स्विट्जरल्याण्डको बुलेभार्ड जर्जस फ्याभनमा अवस्थित छ।
ओली र उनकी श्रीमती राधिका शाक्यको संयुक्त रुपमा रहेको यो खातामा करिब ५५ लाख अमेरिकी डलर अर्थात करिब ६६ करोड नेपाली रुपैया रहेको बताइएको छ । जुन लामो समयका लागि बचत र सेयरमा लगानी गर्नका लागि राखिएको हो । ओलीले बैंकबाट प्रत्येक वर्ष स्वास्थ्य उपचारका लागि भनेर करिब ५ लाख अमेरिकी डलर पाउने गरेका छन् ।
चीनले नेपालमा जरा गाड्दै गइरहेका अवस्थामा चिनियाँ व्यापारी, ओली र ओली निकटहरुका लागि भ्रष्टाचारको यो चक्रब्युहले पैंसाको खोला बगाइदिएका कारण उनको खातामा ठूलो मात्रमा रकम जम्मा भएको उल्लेख छ ।
एसिया, अफ्रिका वा ल्याटिन अमेरिकाका आर्थिकरुपले कमजोर राष्ट्रहरुमा आफ्नो प्रभुत्व जमाउन चीनले ती मूलुकका भ्रष्ट प्रमुखसँग सम्झौता गरिरहेको वेलामा नेपालका प्रधानमन्त्रीलाई पनि त्यसैगरी प्रलोभना पारेको बुझिन्छ । त्यसको बदलामा प्रधानमन्त्रीले चिनियाँ कम्पनीहरुलाई आफ्नो व्यापार विस्तार गर्न मात्र नभइ गुप्तरुपमा ती देशको राजनीतिमा प्रवेश गरेर दिर्घकालिन प्रभाव पार्न प्रेरित गरेका छन ।
भ्रष्टाचार र चीनसँगको विवादास्पद सम्बन्ध प्रधानमन्त्री केपी ओलीका लागि कुनै नयाँ कुरा होइन । सन् २०१५ र १६ मा प्रधानमन्त्रीको रुपमा पहिलो कार्यकालमा तत्कालीन चिनियाँ राजदुत वु चुन्ताईको सहयोगमा ओलीले कम्बोडियाको टेलिकम्युनिकेसन क्षेत्रमा लगानी गर्ने प्रकृया आरम्भ गरेका थिए ।
कम्बोडियाका प्रधानमन्त्री हुन सेन र चिनियाँ कुटनीतिज्ञको हस्तक्षेपमा ओलीका निकट दिवंगत आङ छिरिङ शेर्पाले उक्त सम्झौतालाई मुर्तरुप दिएका थिए ।
प्रधानमन्त्रीको रुपमा ओलीको दोस्रो कार्यकाल २०७४ देखि ओलीले चिनियाँ कम्पनीहरुलाई नेपालमा चम्काउन खोजेको र ओली निकट भ्रष्ट नेपाली कम्पनीहरु सँगका सम्झौताहरु जनताको नजरमा परेका छन् । जस्तै कि सन् २०१८ को डिसेम्बरमा चाइना कम्युनिकेसन सर्भिस चिनियाँ टेलिकम कम्पनी हुवावेको एजेन्टले ओली भिडियो कन्फेरेन्सिङ सुविधा डिजिटल एक्सन रुम निमार्णको ठेक्का पाएको थियो ।
नेपालकै टेलिक्युनिकेसन कम्पनीहरुसँग यस्तो रुम निर्माणको क्षमता भए पनि बिना प्रतिस्पर्धा चिनियाँ कम्पनीलाई ठेक्का दिइएको थियो । पछि अनुसन्धानबाट ओलीका सल्लाहकार विष्णु रिमालका छोराले यो सम्झौतालाई अघि सारेको खुलेको थियो । उनले यो ठेक्काबाट कयौं रुपैयाँ फाइदा लिएको खुलेको थियो ।
सन् २०१९ को ‘मे’मा नेपाल दुरसञ्चार प्राधिकरणले हङकङस्थित चिनियाँ कम्युनिकेसन कम्पनीसँग नेपालमा ४ जी र रेडियोको पहुँच बढाउने योजनामा हस्ताक्षर गरेको थियो । त्यसका लागि आवश्यक उपकरणसमेत चिनियाँ टेलिकम उत्पादक कम्पनी जेटटीइकै प्रयोग गरिने सम्झौता भएको थियो ।
यो परियोजना झण्डै १९ अर्ब नेपाली रुपैयाँ बराबरको रहेको थियो । यस बाहेक १२ सय मेघावाट क्षमताको बुढीगण्डकी आयोजनाको जिम्मा चिनियाँ कम्पनी चाइना गेजुवा समुहलाई नदिएर नेपालले नै बनाउने पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको निर्णयलाई समेत ओलीले खारेज गरिदिएका थिए । यो योजना झण्डै साढे २ अर्ब अमेरिकी डलरको रहेको थियो । यो ठेक्का पनि कुनै प्रतिस्पधा बिना नै ओलीले चिनियाँ कम्पनीलाई दिएका थिए ।
यी आधारहरु हेर्दा चीनले प्रधानमन्त्री ओलीको खातामा पैँसा जम्मा गरिदिएर व्यपारिक स्वार्थ पुरा गरेको पुष्टि हुन्छ । नेपालकै एक नेताले हरेक बर्ष प्रधानमन्त्री आलीको खातामा ६ करोड रुपैयाँ जम्मा हुने गरेको खुलासा गरेका छन । उनले आफ्नो नाम उल्लेख नगर्ने सर्तमा भने, ‘प्रधानमन्त्रीको स्वास्थ्य अवस्थालाई ख्याल गर्दै चिनियाँ कम्युनिस्ट पार्टीको सरकारले हरेक बर्ष औषधि उपचारका लागि भनेर जेनेभा स्थित मिराबौड बैंकमा पैसा जम्मा गर्ने गरेको छ ।’