कुनै सही काम गर्नु आफैमा एउटा प्रेरणा हो

शनिबार, ३ साउन २०७७

काठमाडौं – आज हामी आन्तरिक प्रेरणाको विषयमा चर्चा गर्दैछौं । सरिता कस्टमर सर्भिस रिप्रेजेन्टेटिभको रुपमा ६ बर्ष देखि काम गरिरहेकी थिइन् । जुन समयलाई लामो मान्न पर्छ किनभने उनीभन्दा पछि आएकाहरुले पनि धमाधम काम छोडेर गइरहेका थिए । उनले काममा राम्रोे प्रतिफल पाइरहेकी थिइन ।

सरितालाई आफ्नो काम मन पथ्र्यो । ग्राहकसँग कुरा गर्नु र उनीहरुका समस्या समाधान गर्दा उनलाई गर्वको महसुस हुन्थ्यो । तर उनलाई मन नपर्ने कुरा के थियो भने उनी भन्दा मुनिका कर्मचारीहरु, जो काममा दुई बर्ष मात्र पुराना छन, उनी बराबरको स्तरमा आएका थिए । उनीहरुले सरिताको सल्लाह सुझावलाई वास्ता गर्दैनथे । यस्तो हुँदा उनलाई दुःख लाग्थ्यो ।

कुनै समस्या आइपर्दा सहयोगका लागि म्यानेजर कहाँ जान्थे । जबकी म्यानेजरसँग पनि सरिताको जस्तो व्यवहारिक अनुभव थिएन् । सरिताले राम्रै काम गरेको भएर पनि उनी आफ्नो कामबाट सन्तुष्ट नभएको उनको म्यानेजरले बुुझे ।

सरिता जस्तो राम्रो कर्मचारी गुमाउनु हुन्न भन्ने म्यानेजरले बुझेका थिए । उनले सरिताको तलब सुविधिा बढाइदिए । तरपनि सरिताको काम गर्ने शैली यथावत नै रह्यो, उनी सुशी भइनन् । तलब सुविधा बढ्नु राम्रो कुरा हो तर सरिताले चाहेको कुरा आदर थियो ।

मेनेजरले बस्तुस्थिति बुझ्न सरितासँग कुरा गरे र उनले असन्तुष्टिको कुरा पत्ता लगाए । उनले सरितालाई सुपरभाइजरको पदमा बढुवा गरिदिए । प्रत्येक समस्याहरुको समाधान सरिता मार्फत गरिने व्यवस्था मिलाए । आफूमा थपिएको जिम्मेवारीले सरितालाई काम गर्ने उर्जा थप्यो र अरुलाई आदर गर्ने बातावरण बनाइदियो ।

कुनैपनि काम गर्दा पैसाको रुपमा हुने प्रतिफल लामो समय टिक्दैन । किनकी, कुनैपनि विचार, योजना कार्यन्वयन भएको अनुभव भावनात्मक रुपमै आत्मासन्तुष्टि दिने खालका हुन्छन । उनीहरु आफू बस्तुको रुपमा प्रयोग भइरहेको अनुभव गर्दैनन् । उनीहरुले आफूलाई सम्र्पूण समूहको एक अङ्गको रुपमा अनुभव गर्छन । कुनै सहि काम गर्नु आफैमा एउटा प्रेरणा हो ।