यसोदाको ‘पातलो कम्मर’मा अन्जली अधिकारीको दुलर्भ नृत्य (भिडियो सहित)
काठमाडौं – गायिका यशोदा विश्वकर्माको नयाँ तिज गीत बजारमा आएको छ । ‘पातलो कम्मर’ बोलको गीतमा विश्वकर्माकै शब्द, संगित र स्वर रहेको छ ।
उनको यो गीतमा चर्चित मोडेल अन्जली अधिकारी र रिना थापाको दुर्लभ नृत्य देख्न सकिन्छ । उक्त गीतमा अधिकारी र थापाले खुलेर अभिनय गरेकी छिन । शुभारम्भ डिजिटल मार्फत बजारमा आएको यो गीतको भिडियो निर्देशन चर्चित निर्देशक शंकर विसीले गरेका छन ।
विश्वकर्माले यसअघि तीनवटा गीत बजारमा ल्याएर चर्चा कमाई सकेकी छिन । उनले गाएका ‘चाँहिदैन एमसीसी’ र नवराज वि.कको घटनामा आधारिक ‘अछुत जातिय’ गीत निकैनै चर्चामा छन । आफै शब्द रचना गर्ने, संगित भर्ने र आफै गाउनसक्ने बहुप्रतिभाकी धनी विश्वकर्माको यो गीतले यस पटकको तिजमा तहल्का पिट्ने अपेक्षा गरिएको छ ।
नेपाली साङ्गितिक आकाशमा एक नव प्रतिभावाको रुपमा प्रबेश गरिकी विश्वाकर्माको अलौकिक प्रतिभा देखिर जो कोही पनि उनीसँग मोहित हुने गरेका छन ।
हेनुहोस् उनको नयाँ तिज गीतको भिडियो
