दीपक न्यौपानेको जनचेतनामूलक तीजको गीत बजारमा (भिडियो सहित)

सोमबार, ५ साउन २०७७

काठमाडौं – नव कायक दीपक न्यौपानेको जनचेतनामूलक तीज गीत बजारमा आएको छ । देशमा कोरोना भाइरस (कोभिड १९) कारणले पुरै अस्तवेस्त रहेका वेलामा न्यौपानेले ‘घरको छत’ बोलको गीत बजारमा ल्याएका हुन ।

गीतमा दीपक न्यौपाने र कविता श्रेष्ठको स्वर रहेको छ । उक्त गीतमा राजेश कुमार श्रेष्ठको शब्द र संगित रहेको छ भने गीतमा दीपक आफैले अभिनय गरेका छन । उनलाई अभिनयमा कविता राय, अमृता भट्टराई, विकास पुन मगरले साथ दिएका छन ।

नेपाली हिन्दु नारीहरुको महान चार्ड हरितालिका तिजलाई मध्यनजर गर्दै कोरोनाबाट प्रभावित नेपाली नारीहरुलाई मनोरन्जनसहित जनचेतना फैलाउन यो गीत ल्याएको न्यौपानेको भनाई छ ।