भोलीदेखि सबै गाडी चलाउन पाइने, यस्तो छ सरकारको निर्णय
काठमाडौं – सरकारले निजी सवारी साधानमा लगाइएको जोर विजोर प्रणाली हटाउने निर्णय गरेको छ ।
मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्न मंगलबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता तथा अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा। युवराज खतिवडाले निजी सवारी साधानमा लागेको जोर विजोर प्रणाली हटेको जानकारी दिएका हुन् ।
सार्वजनिक यातायात पनि सञ्चालन भएकाले निजी सवारीको जोर विजोर हटाइएको हो ।