लमजुङमा भिषण पहिरो, १० घर पुरिए

बुधबार, ७ साउन २०७७

सांकेतिक तस्वीर

लमजुङ – लमजुङमा भिषण पहिरो गएको छ । मर्स्याङ्दी गाउँपालिका वडा नं. १ मा पहिरो जाँदा कम्तिमा १० घर पुरिएका छन् ।

जिल्ला प्रहरी कार्यालय लमजुङले दिएको जानकारी अनुसार केही दिनदेखि परिरहेको अविरल वर्षापछि गएको पहिरोमा परेर घर पुगिएका हुन् । जिल्ला प्रहरी प्रमुखका डीएसपी गंगाबहादुर थापाका अनुसार हाल नजिकै रहेको इलाका प्रहरी चौकीको टोली घटनास्थलमा पुगेको छ ।

हालसम्म मानवीय क्षति भएको विवरण प्राप्त नभएको उनले बताए । थापाका अनुसार पहिरो गएका घरका केही मानिस अघिल्लो दिनै सुरक्षित स्थानतर्फ गएका थिए ।