कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु, मृतकको संख्या ४३ पुग्यो
वीरगञ्ज – वीरगञ्जमा मृत्यु भएका एक बृद्धामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास–प्रस्वासमा समस्या देखिएपछि अस्पता भर्नाा भएको बृद्धाको गत मंगलबार मृत्यु भएको थियो ।
वीरगञ्ज महानगरपालिका वडा नं. ६ माइस्थान घर भएका अन्दाजी ७० वर्षीय पुरुषको गण्डक अस्थायी कोभिड अस्पतालमा मृत्यु भएको थियो । मंगलबार उनको मृत्यु भएपछि कोरोना परिक्षणका लागि स्वाव संकलन गरी नारायणी अस्पताल पठाइएको थियो ।
उनको बुधबार राती १० बजे कोरोना पोजेटिभ रिपोर्ट आएको गण्डक अस्थायी कोभिड अस्पताल वीरगञ्जका संयोजक डा. उदय नारायण सिंहले जानकारी दिए । यो संगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४३ पुगेको छ ।