तपाईँलाई पैसाको खाँचो पर्यो ? बुनपाका मेयर खरेललाई सम्झिनुहोस् !

सोमबार, १२ साउन २०७७

काठमाडौं – काठमाडौंको उत्तरी भेगमा अवस्थित बुढानिलकण्ठ नगरपालिकाले भण्डै ७० लाख रुपैयाँ आफन्त र कार्यकर्तालाई गैरकानुनी रुपमा बाँडेको पाइएको छ । आर्थिक बर्ष २०७५/७६ को चालु र जुँजीगत शिर्षकबाट गैरकानुनी रुपमा रकम वितरण गरिएको हो ।

भर्खरै प्रकाशन भएको महालेखा परिक्षकको बार्षिक प्रतिवेदनमा नगरपालिकाका जनप्रतिनिधिले आफूखुशी गैरकानुनी रुपमा बजेट वितरण गरेको उल्लेख छ । नगरपालिकाले चालु शिर्षकबाट २० लाख १७ हजार रुपैयाँ र पुँजीगत शिर्षकबाट ४९ लाख ३६ हजार रुपैयाँ गरी कुल ७९ लाख ५३ हजार रुपैयाँ वितरण गरेको छ ।

‘विकास निर्माणका लागि भनेर आएको बजेटलाई मनोमानी तरिकाले वितरण गर्नु नगरपालिकाको विकासमा बाधा पुर्याउनु हो’ महालेखा परिक्षकको प्रतिवेदनको बुदा नम्बर १४१.२ लेखिएको छ । प्रतिवेदनमा अगाडी भनिएको छ, ‘स्थानीय तहले विकास निर्माणको लागि प्राप्त अनदुान रकम नतिजामूलक कार्यमा खर्च गर्नुपर्नेमा वितरणमुखी कार्यमा खर्च गरेको मनासिव देखिएको छ ।’

नगरपालिकाले उक्त रकम नेकपा (पूर्वएमाले) का स्थानिय कार्यकर्ता र जनप्रतिनिधिका आफन्तलाई वितरण गरिएको पाइएको छ । सामान्य तय गरिव तथा विपन्न परिवारका लागि औषधि उपचारका लागि खर्च दिनु सामान्य विषय भएको भए पनि नगरपालिकाले स्पष्ट शिर्षक विनै आर्थिक सहायता दिएकोमा महालेपरिक्षकको कार्यलयले आपत्ति जनाएको छ ।

तपाईँलाई पनि पैसाँको खाँचो परेको छ भने नगरपालिकाका मेयर उद्यब प्रसाद खरेललाई भेट्न सक्नुहुने छ । कतै तपाईँले पनि आर्थिक सहयोग पाइहाल्नु पो हुन्छ की ? यस विषयमा नगरपालिकाका मेयर खरेलसँग कुरा गर्न खोज्दा उनको टेलिफोन उठेन भने अन्य व्यक्तिले यस विषयमा केही बोल्न चाहेनन् ।