खुल्यो मनास्लु वल्र्ड कलेज, अब अन्तराष्ट्रिय स्तरको शिक्षा चावहिलमै
काठमाडौं – काठमाडौंको चावहिलमा उच्च गुणस्तरको नयाँ कलेज स्थापना भएको छ । शिक्षा क्षेत्रमा लामो समय अनुभव भएका युवाहरुको टिमले मनास्तु वल्र्ड कलेजको स्थापना गरेको हो ।
काठमाडौंको चावहिल स्थित चुच्चेपाटीमा केएल टावरसँगै मनास्लु कलेजको स्थापना भएको हो । कलेजले आधुनिक प्रतिस्पर्धी विश्व बजारमा बिक्न सक्ने जनशक्ति उत्पादन गर्ने लक्ष्य लिएको कलेजका संचालकरुले जनाएका छन ।
कलेजले नवितम प्रविधिको उच्च प्रयोग गरी विद्यार्थीको अव्वल क्षमता निर्माण गर्न विभिन्न योजना ल्याएको कलेजका प्रिसिपल राजन श्रेष्ठले बताए । कलेजमा शिक्षा क्षेत्रको लामो अनुभव संगालेका, अध्यापनमा लामो समय अनुभव भएका, सकारात्मक सोचका धनी, उत्प्रेरणा प्रदान गर्दै अध्यापन गराने शिक्षाहरु रहेको मनास्लु टिम अफ आन्टरप्रिनर प्रा.लिका अध्यक्ष लामाले बताए ।
उनले भने, ‘ख्याति प्राप्त शिक्षासेवी तथा प्राध्यापकहरुले जीवनका लागि शिक्षा दिइनु पर्छ भन्ने मान्यताका साथ कलेजको स्थापना भएको हो । हामी उद्यमशीलता तथा व्यापारिक क्षेत्रमा जोड दिदै शैक्षिक कार्यक्रम संचालन गर्ने छौं ।’
कलेजले यही शैक्षिक सत्रबाट विद्यार्थी भर्ना गर्ने तयारी गरेको छ । कलेजले +२ मा विज्ञान, व्यवस्थापन, मानविकी र कानुन विषयमा भर्ना खोलिसकेको छ । आफूले चाहेको जुनसुकै विषयमा पनि भर्ना भई उच्च गुणस्तरको शिक्षा प्राप्त गर्न कलेजले विद्यार्थी तथा अभिभावकलाई अपिल गरेको छ ।