रामु खड्काको तिज गीत ‘नक्कली सासुमा’ बजारमा (भिडियो सहित)
काडमाडौं – हिन्दु नारीहरुको महानपर्व हरितालिका तीजको अवसरका संगितकार रामु खडकाको नयाँ तिज गीत बजारमा आएको छ । ‘नक्कली सासूमा’ बोलको गीतमा रामु खड्काको शब्द, संगित र स्वर रहेको छ भने उनलाई शोभा ढकालले स्वरमा साथ दिएकी छिन ।
उक्त गीतमा काजिस श्रेष्ठलको नृत्य निर्देशन रहेको छ । गीतमा यादब देबकोटा ‘सरापे’, शोभा ढकाल, रामु खड्का, कामना काफ्ले लगायको अभिनय रहेको छ । उक्त गीतलाई मालती डिजिटल प्रालिले बजार ब्यवस्थापन गरेको छ ।