समाजसेवी जनक धामी काँग्रेसको केन्द्रीय उद्योग व्यापार विभागमा मनोनित

मंगलबार, २७ साउन २०७७

काठमाडौं – समाजसेवी एवं उद्योगपति जनक धामी नेपाली काँग्रेसको केन्द्रीय उद्योग व्यापार विभाग सदस्यमा मनोनित भएका छन् ।
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले काँग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम धामीलाई विभागको केन्द्रीय सदस्यमा मनोनित गरेका हुन् ।

समाजसेवा गर्न अति नै मनपराउने धामी हरपल फुड्स प्रालिका अध्यक्ष साथै मालिक बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष समेत हुन् ।
लकडाउनले आफ्नो रोजिरोटी गुमाएका र बाहिरबाट पढ्न आएकाहरुलाई उनले स्वस्फूर्त राहत बाँडेका थिए । त्यतिमात्र नभएर आफ्नो गृहजिल्ला बर्दियाको गेरुवा गाउँपालिकाको कोरोना कोषमा एकलाख समेत सहयोग गरेका थिए ।

विभागको केन्द्रीय सदस्यमा आफूलाई मनोनित गरेको खबर सुन्दा निकै खुसी लागेको बताउँदै धामीले त्यो जिम्मेवारीलाई कुशलतापूर्वक बहन गर्ने प्रतिबद्धता व्यक्त समेत गरे ।