टिचिङ अस्पतालका दुई डक्टर सहित सात जनामा कोरोना पुष्टि, आकस्मिक कक्ष सिल
काठमाडौँ – काठमाडौँको महाराजगञ्जस्थित टिचिङ अस्पतालको आकस्मिक कक्ष सिल गरिएको छ ।
अस्पतालको दुई डाक्टरसहित सात जनामा कोरोना संक्रमण पुष्टि भएपछि आकस्मिक कक्ष सिल गरिएको हो । अस्पताल प्रशासनको अनुसार आकस्मिक कक्षका दुई डाक्टर र चार जना नर्समा बुधबार कोरोना संक्रमण देखिएको छ ।
त्यस्तै, कर्मचारी ओसार्न भक्तपुर रुटमा सञ्चालन भइरहेको टिचिङ अस्पतालका बसका चालकमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालका अन्य डाक्टर तथा नर्सहरूको पीसीआर परीक्षण शुरू गरिएको अस्पतालका निर्देशक प्राध्यापक डाक्टर रोहितकुमार पोखरेलले बताए ।