निषेधाज्ञा लागू गराउन प्रशासनले गोली चलायो
चितवन – चितवनको राप्ती नगरपालिका १ लोथरमा निषेधाज्ञा लागू गराउने प्रहरीले गोली चलाएको छ। करिब दुई सयको संख्यामा मानिसहरू भेला भएर निषेधाज्ञा उल्लंघन गर्न खोजेपछि प्रहरीले एक राउन्ड हवाई फायर गरेको हो ।
कोरोना संक्रमणको स्थितिलाई नियन्त्रण गर्न प्रशासनले निषेधाज्ञा गर्ने निर्णय गरेको थियो । सो निर्णय नमान्ने भन्दै स्थानीयहरू प्रदर्शनमा निस्केपछि प्रहरीले हवाई फायर गरेको बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक वसन्त लामाले बताए ।
‘सामाजिक दूरी कायम गर्नुपर्ने भएकाले छेउमा गएर सम्झाइ–बुझाइ गर्न सकिएन, एक राउन्ड हवाई फायर गरेर मानिसहरूलाई भगाइएको हो,’ लामाले भने।
हवाई फायर भएपछि स्थिति सामान्य अवस्थामा आएको लामाले बताए।