निषेधाज्ञा खुकुलो भएसँगै उपत्यकामा बढ्यो सवारी साधनको चाप

बिहिबार, २५ भाद्र २०७७

काठमाडौं – काठमाडौं उपत्यकामा जोर विजोरका आधारमा सवारी चल्न थालेको छ । निषेधाज्ञा खुकुलो भएसँगै निजी र सार्वजनिक सवारी साधानहरु जोर विजोरका आधारमा चल्न थालेका हुन् ।

सार्वजनिक सवारीमा ट्याक्सी र १६ भन्दा बढी सिट भएकाहरु मात्र चलेका छन् । निजी सवारी भने जोर विजोरका आधारमा सबै चलेका छन् । सवारी चलेसँगै सडकमा सवारी साधनको चाप बढेको छ ।