उपत्यकामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६३ पुग्यो
काठमाडांै – काठमाडौंमा थप एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । भदौ २४ गतेदेखि पाटन अस्पतालमा उपचाररत काठमाडौंका ६३ वर्षीय संक्रमितको पाटन अस्पतालमा शुक्रबार बिहान मृत्यु भएको हो ।
योसँगै काठमाडौंमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४६ पुगेको छ भने १० र ललितपुरमा ७ जना गरी उपत्यकामा मृत्यु हुनेको संख्या ६३ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार काठमाडौंमा ८ हजार १ सय ८, ललितपुरमा भक्तपुरमा १ हजार ५३ र भक्तपुरमा ८ सय ५३ जना गरी काठमाडौं उपत्यकामा संक्रमितको संख्या १० हजार १४ पुगिसकेको छ । बिहीबारसम्म उपत्यकामा ५ हजार ५ सय ५७ जना उपचाररत छन् भने ४ हजार ३ सय ९५ जना डिस्चार्ज भइसकेका छन् ।