ललितपुरमा थप दुईजना कोरोना संक्रमितको मृत्यु
काठमाडौं – ललितपुरमा थप दुईजना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ ।
ललितपुर घर भएका एकजना ८० वर्षीय पुरुषको मंगलबार र अर्का ७४ वर्षीय पुरुषको बुधबार मृत्यु भएको स्वास्थ्य कार्यालय, ललितपुरले जानकारी दिएको छ ।
८० वर्षीय पुरुष भदौ ६ गते उपचारका लागि मेघा अस्पतालमा भर्ना भएका थिए भने ७४ वर्षीय पुरुष भदौ १७ गते अल्का अस्पतालमा भर्ना भएका थिए ।
प्रतिकृया दिनुहोस
प्रेरक प्रसंग
युवा उद्दमी
सफलताको कथा