जब युवतीको अश्लिल भिडियो लिक भयो !
धनगढी – कञ्चनपुरमा एउटा युवतीको अश्लिल भिडियो लिक भएको छ । भिडियो लिक भएपछि युवतीका परिवारका सदस्य प्रहरीमा पुगेका छन्। भिडियोमा किशोरी नग्न भएर अश्लिल गतिबिधि गरिरहेको देखिएको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले भिडियो कसरी लिक भयो भन्ने बारेमा अनुसन्धान सुरु गरेको जनाएको छ। ठाडो उजुरीको आधारमा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरिक्षक अमरवहादुर चन्दले बताए।
प्रहरीका अनुसार महेन्द्रनगरकी ती किशोरी अहिले बिदेशमा रहेका युवकसँग प्रेममा थिइन। ती किशोरी र युवकका बीचमा फोन तथा भिडियोमा अश्लिल कुराकारी हुने र नग्न भिडियो आदानप्रदान हुने गरेको बताइएको छ ।