होटलबाट रङ्गेहात पक्राउ परे प्रचण्डदेव !

शुक्रबार, ९ असोज २०७७

काठमाडौं – नेपाल सरकारका एक अधिकृत होटलबाट रङ्गेहात पक्राउ परेका छन । महाकाली सिँचाइ आयोजना, कञ्चनपुरका निमित्त प्रमुख प्रचण्डदेव बिष्ट पक्राउ परेका हुन ।

विशेष सूचनाका आधारमा महानगरीय प्रहरी वृत्त, जनसेवाबाट खटिएको प्रहरी टोली ११ लाख रुपैयाँ सहित उनलाई पक्राउ गरेको हो । ‘मादक पदार्थ सेवन गरेर होहल्ला गरेपछि स्थानियले प्रहरीलाई खवर गरेका थिए । उनको साथमा एक युवती र अन्य केही व्यक्ति पनि रहेको प्रहरीको भनाई छ ।

उनी महाकाली सिँचाइ आयोजना, कञ्चनपुरको निमित्त प्रमुख भएरकाले प्रहरीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई बोलाएर जिम्मा लगाएको छ । आयोगको टोली घटनास्थलमा पुगेपछि बिष्टलाई थप कारबाहीका लागि आयोगकै जिम्मा लगाइएको काठमाडौं प्रहरी परिसर, टेकुका प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले बताए ।