ललितपुरका मियरलाई पनि कोरोना संक्रमण पुष्टि

शुक्रबार, ९ असोज २०७७

काठमाडौं – ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलाई कोरोना को संक्रमण पुष्टि भएको छ ।

उनलाई बिहीबार दिउँसो ज्वरो आएको थियो । सिटामोल खाँदा पनि ज्वरो कम नभएपछि उनले शुक्रबार बिहानै स्वाब दिएका थिए । महर्जनले भने, ‘केहीबेर अगाडि पोजेटिभ रिपोर्ट आयो । म होम आइसोलेसनमा बसेको छु ।’