नेपाली सेनाको व्यारेक नजिकै भेटियो शक्तिशाली बम

मंगलबार, १३ असोज २०७७

 

दाङ – नेपाली सेनाको व्यारेक नजिकै झाडीमा शक्तिशाली बम भेटिएको छ । घोराही उपमहानगरपालिका वडा नम्बर १४ स्थित नेपाली सेनाको व्यारेक नजिकै झाडीमा सकेट बम भेटिएको हो । उक्त बमलाई नेपाली सेनाले निष्कृय पारेको हो ।

रिपुमर्दन गणका सह–सेनानी रामबहादुर थापाको कमाण्डमा खटिएको नेपाली सेनाको टोलीले बमलाई निष्कृय पारेको हो। सेनाको व्यारेक नजिकैबाट वडा नम्बर १८ को फुर्सेखाली जान बनाइएको गोरेटो बाटो छेउको झाडीमा बम भेटिएको थियो।

स्थानियले बम देखेपछि नेपाली सेनालाई खबर गरेका थिए। विगत द्वन्द्वको समयमा व्यारेक आक्रमणका बेला बम छोडिएको हुनसक्ने प्रहरीले बताएको छ।