अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प क्वारेन्टिनमा

शुक्रबार, १६ असोज २०७७

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प फर्स्ट लेडी मेलानिया ट्रम्पसँगै क्वारेन्टिनमा बसेका छन् ।

ट्रम्पकी सल्लाहकार होप हिक्सलाई कोरोनाभाइरस देखिएपछि ट्रम्प दम्पत्ति क्वारेन्टिनमा बस्न लागेका हुन्।

ट्रम्पले ट्विट गर्दै आफूहरू कोरोना परीक्षणका लागि स्वाब दिइसकेको र क्वारेन्टिनमा बस्न लागेको जानकारी दिएका छन्।

नोभेम्बर ३ मा हुने राष्ट्रपति चुनावका लागि देश दौडाहामा रहेका ट्रम्प कति दिन क्वारेन्टिनमा बस्छन् भन्ने एकिन छैन।

अमेरिकी स्वास्थ्य मापददण्डअनुसार संक्रमितको सम्पर्कमा आएमा व्यक्ति १४ दिन क्वारेन्टिनमा बस्नु पर्छ। ट्रम्प क्वारेन्टिनमा बसेपछि उनको चुनावी अभियान प्रभावित हुनेछ।

हिक्स ट्रम्पसँगै एयर फोर्स वानमा क्लिभल्यान्ड पुगेकी थिइन्। बुधबार मिनिसोटामा भएको र्‍यालीमा पनि उनी सहभागी थिइन्। मिनिसोटामा हुँदा उनी बिरामी परेकी थिइन्।

ट्रम्पसँगै उपराष्ट्रपति माइक पेन्स पनि कन्ट्याक्ट ट्रेसिङमा परेका छन्।