पार्टीको निर्देशन पाएपछि प्रदेश ५ सरकारले तोक्यो स्थायी राजधानी
बुटवल – प्रदेश ५ सरकारले प्रदेशको स्थायी राजधानी दाङको भालुवाङ बनाउने निर्णय गरेको छ ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को शीर्ष तहमा सहमति भएलगत्तै प्रदेश सरकारको मन्त्रिपरिषद बैठकले दाङको भालुवाङ बजारलाई केन्द्रमा राखेर राजधानी बनाउने निर्णय गरेको हो ।
राजधनीभित्र दाङको राप्ती गाउयँपालिका, गढवा गाउँपालिका र अर्घाखाँचीको शीतगंगा गाउँपालिकालाई जोडेर प्रदेश राजधानी बनाउने निर्णय भएको प्रदेश ५ का एक मन्त्रीले बताए ।
अव ययही प्रस्ताव प्रदेशसभामा लगेर दर्ता हुने एक मन्त्रीले जानकारी दिए । प्रदेश ५ को राजधानी र नामको विषयमा विवाद थियो । प्रदेशको जाम के राख्ने भन्ने विषयमा भने अझै टुङ्गो लागिसकेको छैन ।