आज कति थपिए देशभर कोरोना संक्रमित ?

शनिबार, १७ असोज २०७७

काठमाडौं – पछिल्लो २४ घण्टामा २ हजार १ सय २० थप जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

शनिबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हुन् । यससँगै देशभर संक्रमितको कु्ल संख्या ८४,५७० पुगेको गौतमले बताए ।

आज १२ हजार ९७८ जनामा पीसीआर परीक्षण हुँदा सो संख्यामा संक्रमण पुष्टि भएको हो।
यस्तै देशभर सक्रिय संक्रमित २१ हजार ३०२ रहेका छन् भने संस्थागत आइसोलेशनमा ९ हजार ७७३ र होम आइसोलेशनमा ११ हजार ५२९ रहेका छन् ।