राजधानी विवाद ः प्रदेश ५ सभामा कांग्रेसको नाराबाजी

सोमबार, १९ असोज २०७७

बुटवल – प्रदेश ५ को राजधानी सार्ने प्रस्तावविरुद्ध प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रदेश सभामा विरोध गरेको छ। कांग्रेसको विरोधका कारण बैठक केहिबेरका लागि स्थगित गरिएको छ।

सत्तारुढ दल नेकपाले बुटवलबाट प्रदेश ५ को राजधानी सारेर दाङको भालुवाङ बनाउने प्रस्ताव प्रदेश सभाबाट पारित गर्न लागेपछि नेपाली कांग्रेसले त्यसको बिरोधमा सभामा नाराबाजी गरेको हो।

कांग्रेस सांसदहरुले रोष्ट्रम घेरेर नाराबाजी गरेपछि बैठक स्थगित गरिएको हो।