कति छन देशभर सक्रिय कोरोना संक्रमित ? जिल्लाको विवरणसहित

सोमबार, १९ असोज २०७७

काठमाडौं – दिन प्रतिदिन कोरोना संक्रमितको संख्या बढ्दै छ । देशभर कति जना कोरोना संक्रमित उपचाररत होलान ? धेरैको जिज्ञासा हुन सक्छ ।

देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या २३ हजार ५ सय ०७ पुगेको छ। सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हुन् ।

उनका अनुसार आज थपिएका २ हजार ४४० सहित कोरोना संक्रमितको कुल संख्या ८९ हजार २६३ पुगेको छ । जसमध्ये ६५ हजार २०२ जना निको भएका छन् भने ५ सय ५४ जनाको मृत्यु भएको छ ।

यस्तै हाल देशभर क्वारेन्टिनमा ४ हजार ३३ जना रहेको छन भने होम आईसोलेसनमा १२ हजार ३१६ जना उपचाररत छन । त्यस्तै संस्थागत आईसोलेसनमा ११ हजार १९१ पुगेको उपचार भइरहेको छ । आईसीयूमा २४४ र भेन्टिलेटरमा ४३ जना रहेका छन् ।