प्रदेश ५ को राजधानी भालुवाङ र नाम लुम्बिनी दुई तिहाइ बहुमतले पारित

मंगलबार, २० असोज २०७७

बुटवल – प्रदेश नम्बर पाँचको राजधानी दाङको भालुवाङ नाम लुम्बिनी राख्ने प्रस्ताव दुई तिहाइ बहुमतले पारित भएको छ।

मंगलबार बसेको पाँच नम्बर प्रदेशसभा बैठकले प्रदेश पाँचको राजधानी दाङको भालुवाङ र नाम लुम्बिनी राख्ने प्रस्ताव दुई तिहाइ बहुमतले पारित गरेको हो।

८७ सदस्यीय प्रदेशसभामा ८२ मत खसेको थियो। दाङको भालुवाङमा राजधानी राख्ने प्रस्तावको पक्षमा ६९ मत खसेको थियो भने विपक्षमा १३ मत खसेको थियो।
यस्तै प्रदेशको नाम लुम्बिनी राख्ने प्रस्तावको पक्षमा ७९ र विपक्षमा ४ मत परेको छ।