डा. गोबिन्द केसीको नाममा सर्मपित कविता : देब्रे सरकार
हतौडा पनि सरकार
काँटी पनि सरकार
शरिर हाम्रो
हाम्रा हातहरु
मुर्दावादमा उठिरहेका छन्
हाम्रा खुट्टाहरु जुलुसमा हिडिरहेका छन्
हाम्रा आवाजहरुले सरकार विरुद्ध
नारा लगार्इ रहेका छन
सरकार हाम्रा दुबै हातमा
दुबै खुट्टामा
र जिब्रोमा
त्यही काँटी
त्यही हतौडा
जोडले हान्दै छन्
सरकारको पनि दुर्इ हात छ
देब्रे र दाहिने
देब्रे हातले हतौडा समाएको छ
त्यही देव्रै हातले
हताडौ ठोकिरहेको छ
हामी दाहिने हौं
मन्दिर परिक्रमा पनि हामी दाहिनेबाटै गर्छौं
घडी पनि दाहिनेबाटै घुम्छ
हामी सनातन
हामी प्राकृत हौ
देब्रे हाम्रा दुस्मन
त्यही भएर
देब्रे हातले
हामीमाथि काटी ठोक्दै छन हतौडाले
काटी पनि सरकार
हतौडा पनि सरकार ।
- लखेक : ओम आचार्य
