प्रेम सम्बन्धका कारण ४ जना मिलेर गरे किशोरीको हत्या

बिहिबार, २२ असोज २०७७

रौतहट – रौतहटमा प्रेम सम्बन्धका कारण  १७ वर्षीया किशोरीको हत्या भएको छ । प्रेम सम्बन्धका कारण दुर्गाभगवती गाउँपालिका ४, छतौनाटोलकी १७ वर्षीया रोबिना मन्सुरीको हत्या भएको हो । हत्या आरोपमा सोही ठाउँका ३३ वर्षीय फुल महम्मदलाई प्रहरीले पक्राउ गरेको छ ।

सोही ठाउँ बस्‍ने १९ वर्षीय युवकसँग रोबिनाको प्रेम सम्बन्धको विषयलाई लिएर महम्मदसमेत ४ जनाले उनको हत्या गरी सोही ठाउँका जनरल कबाडीको घरमा शव ल्याई राखेको पाइएको थियो । प्रहरीका अनुसार जिल्ला प्रहरी कार्यालय रौतहट र इलाका प्रहरी कार्यालय गंगापिपराबाट खटिएको प्रहरीले महम्मदलाई पक्राउ गरेको हो ।

साथै उक्त घटनामा संलग्‍न रही फरार रहेका सोही ठाउँका ४३ वर्षीय लाल महम्मद, ५० वर्षीय नसरुदिन मन्सुरी र उनकै पत्‍नी ४३ वर्षीया सहनाज मन्सुरी भने अहिले फरार रहेकाले प्रहरीले खोजी गरिरहेको जनाएको छ ।