कोरोना संक्रमितको संख्यामा रेकर्ड ब्रेक, कति थपिए आज ?

बिहिबार, २२ असोज २०७७

काठमाडौं – बिहीबार कोरोना संक्रमितको संख्याले रेकर्ड ब्रेक गरेको छ । पछिल्लो २४ घण्टामा ४ हजार ३६४ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । थपिएका संक्रमितमध्ये २५४० काठमाडौं उपत्यकाका छन् ।

यससँगै कुल संक्रमितको संख्या ९८ हजार ६१७ पुगेको छ । उनीहरुमध्ये ५९० जनाको मृत्यु भएको छ भने ७१ हजार ३४३ जना संक्रमणमुक्त भएका छन् ।

जसमा संस्थागत आइसोलेसनमा ११ हजार ७१७ र होम आइसोलेसनमा १४ हजार ९६७ जना रहेका छन् । उनका अनुसार थपिएका संक्रमितमध्ये काठमाडौंमा २ हजार ८५, भक्तपुरमा १३५ र ललितपुरमा ३२० जना रहेका छन् ।