काठमाडौं महानगरपालिकामा १२ हजार बढि कोरोना संक्रमित, कुन वडामा कति ?

शुक्रबार, २३ असोज २०७७

काठमाडौं – काठमाडौंमा कोरोना संक्रमण लगातार बढिरहेको छ । काठमाडौंमा हालसम्म २९ हजार ३ सय ८१ जनामा संक्रमण पुष्टि भएको छ । तीमध्ये महानगरपालिकामा मात्र १२ हजारभन्दा बढी छन्।

महानगरमा असोज २१ गतेसम्म कोरोना संक्रमितको संख्या १२ हजार पुगेको छ । ४११ भन्दा धेरै पहिचान नखुलेका संक्रमित छन्। ज्यान गुमाउनेको संख्या ८७ पुगेको छ।

महानगरका सवै वडामा संक्रमित संख्या एक सयभन्दा माथि पुग्न लागेको छ। सवै वडाका संक्रमितले ज्यान गुमाइरहेका छन्।

महानगरको स्वास्थ्य शाखाले उपलव्ध गराएको तथ्यांअनुसार होम आइसोलेसनमा बस्ने संक्रमितको संख्या बढिरहेको छ भने अस्पताल र संस्थागत आइसोलेसनमा बस्नेको संख्या घटिरहेको छ। संक्रमितमध्ये ४ हजार २ सय ५७ जना होम आइसोलेसनमा छन्।

यस्तै, अस्पतालमा ६ सय ५७ जना संक्रमित छन् भने संस्थागत आइसोलेसनमा ५ सय ३३ जना रहेको महानगरको सहरी स्वास्थ्य महाशाखाको तथ्यांकमा उल्लेख छ।

हालसम्म महानगरमा ६ हजार ७ सय ५३ जना संक्रमणमुक्त भएका छन्। महानगरले २२ हजार ९ सय ७० जनाको कन्ट्याक्ट ट्रेसिङ गरेको छ। तीमध्ये १० प्रतिशत अर्थात् २५ सय ६६ जनाको रिपोर्ट पोजेटिभ आएको छ।

कुन वडामा कति संक्रमित ?

वडा नं १ नक्साल – २३४, मृत्यु १
वडा न. २ लाजिम्पाट १४०, मृत्यु ३
वडा नं ३ महारागञ्ज ६५३, मृत्यु १
वडा नं ४ धुम्वाराही ४२४, मृत्यु ७
वडा न. ५ हाँडीगाउँ १९२, मृत्यु ६
वडा नं ६ बौद्ध ४०५, मृत्यु १
वडा नं ७ मित्रपार्क ४३४, मृत्यु ५
वडा नं ८ जयवागेश्वरी २६८, मृत्यु २
वडा नं ९ गौशाला ४३४ , मृत्यु १
वडा नं १० बानेश्बर ४०६ , मृत्यु ५
वडा नं ११ त्रिपुरेश्वर ६४७६ , मृत्यु ३
वडा नं १२ टेकु १९८, मृत्यु ३
वडा नं १३ कालिमाटी ६४८ , मृत्यु ४
वडा नं १४ कलंकी ७०५, मृत्यु ४
वडा नं १५ स्वायम्भु १०१९ , मृत्यु ८
वडा नं १६ बालाजु ८६९ , मृत्यु ४
वडा नं १७ खुसीबुँ २७४, मृत्यु २
वडा नं १८ नरदेवी ९५, मृत्यु ०
वडा नं १९ कंकेश्वरी ७९, मृत्यु ०
वडा नं २० भीमसेनस्थान १६७, मृत्यु ४
वडा नं २१ लगन १५९, मृत्यु ३
वडा नं २२ संकटा ११७, मृत्यु २
वडा नं २३ ओमबहाल १४७ , मृत्यु ३
वडा नं २४ मखन ९६, मृत्यु ०
वडा नं २५ नःघल २१६, मृत्यु ४
वडा नं २६ लैनचौर ४३६, मृत्यु १
वडा नं २७ इनबहाल ३४६, मृत्यु ४
वडा नं २८ बागवजार ५१०, मृत्यु १
वडा नं २९ डिल्लीबजार ३९६, मृत्यु ०
वडा नं ३० ज्ञानेश्वर २१७, मृत्यु २
वडा नं ३१ शान्तिनगर ३९५, मृत्यु १
वडा नं ३२ कोटेश्वर ६४६, मृत्यु २

असोज २१ गतेसम्मको विवरण