जोसमा होस् गुमाउँदा प्रहरी हवल्दार रङ्गेहात पक्राउ !
नेपालगन्ज — एक जना प्रहरी हवल्दार जोसमा होस् गुमाउँदा रङ्गेहात पक्राउ परेका छन । बाँकेमा कार्यरत एक प्रहरी अवल्दारलाई अख्तियारको टोलीले घूससहित रङ्गेहात पक्राउ परेका हुने ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग नेपालगन्जको टोलीले घूससहित प्रहरी हवल्दारलाई नियन्त्रणमा लिएको हो । इलाका प्रहरी कार्यालय, खजुराखुर्द बाँकेमा कार्यरत हवल्दार राजेशबहादुर द्वाललाई १३ हजार घूससहित पक्राउ गरिएको अख्तियार नेपालगन्जका सूचना अधिकृत लोकमणि पाण्डेले जानकारी दिए ।
काठ स्थानान्तरणमा सहजिकरण लागि भन्दै हवल्दारले मानपुरस्थित एक कोल्डस्टोरमा बसेर घूस लिँदै गर्दा अख्तियारको टोलीले पक्राउ गरेको पाण्डेले बताए ।