अरुण भ्याली हाइड्रोपावरले शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने
काठमाडौं – अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड लिमिटेडले शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले हकप्रद निष्काशन गर्न नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ।
कम्पनीले १ बराबर १ अनुपातमा ९९ करोड ८३ लाख २३ हजार २०० रुपैयाँ बराबरको ९९ लाख ८३ हजार २३२ कित्ता हकप्रद शेयर निष्काशन गर्न बोर्डमा निवेदन दिएको हो । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।
कम्पनीलाई हकप्रद निष्काशन गर्न विद्युत नियमन आयोगले गत साउन १६ गते स्वीकृती दिएको थियो।