२२ किलो सुन बरामद
वीरगञ्ज – पर्साको वीरगञ्जबाट साढे २२ किलो सुन बरामद भएको छ ।
प्रहरीले वीरगञ्ज महानगरपालिका ६, रेशमकोठीस्थित गणेश अपार्टमेन्टमा छापा मारेको थियो । त्यसक्रममा प्रहरीले २२ किलो ५६७ ग्राम सुन बरामद गरेको हो ।
सुन निलो प्लास्टिकमा पोको पारेर राखेको थियो । यसबारे जानकारी दिन केहीबेरमा पत्रकार सम्मेलन गरिने पर्सा प्रहरी प्रमुख गंगा पन्तले जानकारी दिइन् ।
प्रतिकृया दिनुहोस
प्रेरक प्रसंग
युवा उद्दमी
सफलताको कथा