भेष चौरसियाको गैरकानुनी धन्दा, अस्ट्रेलियादेखि नेपालसम्म
काठमाडौं – नेपालमा हुण्डि कारोबारलाई गैरकानुनी कार्य मान्दै आएको छ । तर पर्साका भेष चौरसिया भने त्यही गैरकानुनी कार्यलाई पच्छ्याउँदै हुँण्डि कारोबार गरिरहेका छन । अध्ययनका लागि अस्ट्रेलिया पुगेका चौरासिया त्यहीबाट गैरकानुनी हुँण्डि कारोबार गर्दै आएका छन ।
अस्ट्रेलियामा बसेर केही समय हुण्डिको काम गरेका उनी कोरोना महामारिका बेलामा नेपाल आएका छन । उनी १२ करोड नेपाली रुपैयाँको सेडिङ मिलाउन नेपाल आएका हुन ।।
विद्यार्थी भिसामा अष्ट्रेलीया गएका उनी अहिले अष्ट्रेलीयन सरकारबाट विभिन्न शिर्षकमा प्राप्त हुने रकम कब्जा गर्न र फर्जि बिलहरु बनाई आफ्नो नाममा ल्याउन लागि परेका छन । यसरी गैरकानुनी रुपमा अस्ट्रेलियामा कमाएको पैसा हुण्डीमार्फत नेपाल भित्र्याउने तयारीमा छन उनी ।
अष्ट्रेलियन सरकारबाट प्राप्त हुने फण्ड हत्याउनका लागि उनले नेपालमा रहेका आफ्ना नातेदार तथा साथिभाईहरुको सहयोग लिने गरेका छन् । विभिन्न कम्पनीहरुबाट सेवा लिएको फर्जि बिल काट्न लगाई फण्डवापतको रकम हत्याउने गरेका छन् । उनलाई सहयोग गर्नेहरुलाई केहि प्रतिशत कमिसन पनि दिने गरिएको छ ।
चौरासियाले आफ्नो अधिकतम कारोवार आफ्नी श्रीमती अर्चना चौरसियाको नाममा गर्दै आएका छन । अर्चना चौरसियाको ग्लोवल आईएमई बैंक सातदोबाटो शाखामा खोलिएको खाताबाट उनले कारोबार गर्ने गरेका छन ।
अहिले काठमाडौंमा आएका उनी ६ महिना नेपाल बसेर हुण्डि बजारको बारेमा विश्लेषण गर्ने बताइएको छ । उनी नेपाल रहदा हुण्डीको सञ्जाल विस्तार गर्नेदेखी अन्य नेटवर्क निर्माण गर्ने योजना बनाए सकेका छन ।
त्यस्तै, उनले हुण्डीमार्फत एक यूवतीको नाममा पठाएको १९ हजार अष्ट्रेलीयन डलरसमेत पचाउने प्रयास गरेको पाइएको छ । उनको धन्दा यतीमै सिमित छैन । उनी नेपाल आउँदा प्राय काठमाडौंको शंकर होटलमा बस्ने गरेका छन् । त्यहाँ बसेर उनले नर्सिङका विद्यार्थीहरुलाई अष्ट्रेलीया लगेर काम लगाईदिने प्रलोभन दिदैँ अनुचित कार्यसमेत गरेको उनी निकट परामर्श व्यवसायी बताउँछन ।