सत्तारुढ नेकपाभित्र कुर्सी हानाहान, १ जनाको मृत्यु
वीरगञ्ज – सक्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को शपथ ग्रहण कार्यक्रममा झडप हुँदा एक जनाको मृत्यु भएको छ । बिहिबार दिउसो भएको झडपमा घाइते भएका एक जनाको मृत्यु भएको हो।
शुक्रबार बिहान विन्दबासिनी गाउँपालिका ५ का नेकपा गाउँपालिका कमिटीका सचिव मुकेश चौरासियाको मृत्यु भएको हो । पर्साकी प्रहरी उपरीक्षक गंगा पन्तका अनुसार उपचारका क्रममा चौरासियाको न्युरो अस्पतालमा मृत्यु भएको हो।
बिहीबार दिउँसो नेकपाको गाउँपालिका कमिटीको शपथ ग्रहण कार्यक्रममा झडप भएको थियो। एक पक्षलाई नबोलाएको भन्दै पार्टीकै कार्यकर्ताबीच झडप भएको थियो। उक्त झडपमा आठ जना घाइते थिए। त्यसमध्ये चौरासिया गम्भीर घाइते भएका थिए।
यस घटनामा प्रहरीले अनुसन्धान अघि बढाएको प्रहरी उपरीक्षक पन्तले जानकारी दिइन्।